मुख्य सचिव अर्यालसहितको टोलीद्वारा छिन्नमस्ता भ्रमण

समाचार

सप्तरी । नेपाल सरकारका मुख्यसचिव बैकुण्ठ अर्यालले सहितको टोलीले छिन्नमस्ता गाउँपालिकाको भ्रमण गरेको छ ।

शनिबार छिन्नमस्ता आएका उनले सखडा भगवतीको दर्शनसँगै पालिका जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

छलफलको क्रममा अर्यालले पालिकाको सर्वाङ्गीण बिकासका निमित्त आफुहरु हरेक क्षण तैयार रहेको प्रतिवद्धता जनाएको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए ।

पालिकाको गौरवको आयोजनाहरु संचालन गर्न उनीहरू सहयोग गर्ने प्रतिवद्ध रहेको अध्यक्ष चौधरीले बताए ।

टोलीमा मुख्य सचिव अर्यालसहित, प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद शर्मा, अर्थ मन्त्रालय बजेट माहाशाखाका उप–प्रमुख उतर कुमार खत्री,आन्तरिक राजश्व कार्यालय इटहरीका प्रमुख खेमराज ओझासहितका व्यक्तिहरु रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ