मधेश सरकारबाट माओवादीका मन्त्रीद्वारा राजीनामा

समाचार

जनकपुरधाम । मधेश प्रदेशको सरकारबाट माओवादी केन्द्रका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

मधेश प्रदेश सरकारमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई र वन तथा वातावरण मन्त्री भरत प्रसाद साहले मुख्यमन्त्री सरोज कुमार यादवलाई आइतबार राजीनामा पत्र बुझाएका हुन् ।

जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारबाट माओवादी केन्द्र बाहिरिएसँगै मधेश प्रदेश सरकार सङ्कटमा परेको छ । जनता समाजवादी पार्टी नेपालबाट अशोक राई नेतृत्वमा अर्को दल निर्माण भएसँगै मधेश प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिएका हुन् ।

मधेश प्रदेशमा नेकपा एमालेका २५ जना, नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १९, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, लोसपाका ९, नेकपा एसका ७ जना प्रदेशसभाका सदस्य छन् । यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नागरिक उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ जना सदस्य प्रदेशसभामा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ