जनकपुरधाम । मधेश प्रदेश सरकारबाट नेकपा एमालेका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् । मधेश प्रदेश सरकारमा नेकपा एमालेका ४ जना मन्त्री र दुई जना राज्यमन्त्री रहेका थिए ।
नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वमा जसपा नेतृत्वको सरकारमा पार्टी मधेश प्रदेश सरकारमा सामेल भएका थिए ।
नेकपा एमालेबाट सरकारमा सामेल रहनु भएका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंह र शिक्षा तथा संस्कृति मन्त्री प्रमोद कुमार जयसवालले राजीनामा दिएका हुन् ।
मधेश प्रदेश सरकारमा रहेका ४ दल मध्ये प्रदेश सभामा रहेका २५ सदस्य भएका नेकपा एमाले तथा ९ सदस्य भएका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएपछि मधेश प्रदेश सरकार पूर्ण रुपमा अल्पमतमा परेको छ ।
तपाईको प्रतिक्रिया