मटिहानी नगरपालिकामा धानुक जातिको दलान उद्घाटन

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.७ मटिहानीमा मण्डल(धानुक) जातिको नवनिर्मित दलानको उद्घाटन गरिएको छ ।

मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल, मटिहानीका मण्डल (धानुक)को माइजन अशेश्वर मण्डल, देबान शर्मा मंडल, जग्गा दाताद्वय चुल्हाई मंडल एवम् विश्वनाथ मंडल र वडा नं. ७ का वडा अध्यक्ष जितनारायण माझीले संयुक्त रुपमा गरेका हुन् ।

सो दलानले स्थानीयलाई विवाह, भोज जयन्ती र पाहुनालाई राख्न मद्दत पुग्ने कुरा नगरप्रमुख मण्डलले भने ।

सो दलान नगरस्तरीय योजनाअन्तर्गत करिब २२ लाखको लागतमा निर्माण भएको कुरा प्राविधिक दिनेश साहले जानकारी दिए ।

सो वडा कार्यालय भवन निर्माण कार्यको उद्घाटन कार्यक्रममा वड़ा नं. ६, ७ र ८ का वडा अध्यक्षहरु क्रमशः कलीम अंसारी, जितनारायण माझी र रितेश साह, वडा नं. ८ पूर्व वडा अध्यक्ष गणेश प्रसाद साह, लोसपाका केन्द्रीय सदस्य राम कुमार मण्डल, नेपाल उद्योग महासंघका पूर्वकेन्द्रीय सदस्य विजयकुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष अजय साह, पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, श्याम कुमार मण्डल, उमाशंकर साह, जुगेश्वर खत्वे, मटिहानी नगरपालिकाका योजना अधिकृत राजेश शर्मा लगायत कर्मचारीहरु, बिन्देश्वर नायक, प्रताप मण्डल, बरुन मण्डल, तलेवर मण्डल, लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ