ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

समाचार

कपिलवस्तु । कपिलवस्तुमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

महाराजगंज नगरपालिका–२ गैडहवाचोकस्थित सडकमा लु.१ख ८३८४ नम्बरको ट्रक र लु.१७प ४५६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

बुधबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २९ वर्षीय गोरखनाथ कुर्मीको मृत्यु भएको छ ।

दुर्घटना गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ