स्थानीय तह निर्वाचनको समयमा गरेको प्रतिबद्धता अनुरुप बलान बिहुल गाउँपालिकामा काम कार्वाही आगाडी बढाएको छु । म निर्वाचित भएर आउँदा पालिका भरिमा २ वटा मात्र माध्यमिक विद्यालय संचालनमा थियो ।
अहिले पालिकामा थप ३ वटा विद्यालयलाई स्तोरन्नति गरि जम्मा ५ वटा माध्यमिक कक्षा संचालनमा आएको छ ।
जसअन्तर्गत २०८० सालमा राजेश्वरी आवि बलान बिहुल गाउँपालिका ३ मौवाहा, यसवर्ष २०८१ सालमा राष्ट्रिय आवि बलान बिहुल गाउँपालिका ४ बेल्हि र राष्ट्रिय दुर्गातारा आवि बलान बिहुल गाउँपालिका १ मल्हनियाँलाई स्तोरन्नति गरि माध्यमिक कक्षा संचालन गरेको छु ।
त्यसैगरि जागेश्वर गरहाइ जनता मावि बलान बिहुल गाउँपालिका ६ सेहरा रौतहटमा प्राविधिकधार अन्तर्गत बालि विज्ञान र ३ वर्षे सिभिल ईन्जिनियरिङ्ग संचालन गरेको छु ।
बलान बिहुल गाउँपालिकामा रहेको जम्मा ६ वटा वडाहरुमध्ये ५ वटा वडाहरुमा माध्यमिक विद्यालय संचालन भएको छ भने वडा नं. २ मा आगामी वर्ष माध्यमिक संचालन गर्ने लक्ष्य रहेको सबैमा जानकारी गराउँदछु ।
आफ्नै गाउँ तथा वडामा माध्यमिक विद्यालय संचालनमा आएपछि स्थानीयहरु खुसि भएका छन् भने विद्यार्थीहरुलाई घण्टौ हिडेर माध्यमिक कक्षा पढ्नका लागि हुँदै आएको समस्या समाधान भएको छ । - खेमचन्द्र यादव, अध्यक्ष, बलान बिहुल गाउँपालिका, सप्तरी
तपाईको प्रतिक्रिया