कोशीका मुख्यन्यायाधिवक्ताद्वारा शपथ ग्रहण

समाचार

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिक्ता नारायण वस्तीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार मुख्य न्यायाधिवक्ता वस्तीलाई विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम विराटनगर–४ निवासी वस्तीलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका थिए ।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, सभामुख अम्बरबहादुर विष्ट, बिना विभागीय मन्त्री रामकुमार मगर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख, प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ