दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

समाचार

वीरगन्ज । पोखरीया नगरपालिका–९ बैरीयास्थित सडकमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकल र ना.२८ प ९४४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा ना.२८प ९४४३ नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिका–१९ केहुनिया बस्ने २२ वर्षीय ईरफान मियाँको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि निलकण्ठ अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मधेश प्रदेश–०३–०३१ प ९६७५ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको नेशनल मेडिकल शिक्षण अस्पताल वीरगंज र ना.२८प ९४४३ नम्बरको मोटरसाइकलका चालकको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ