काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट अलग भएर फरक पार्टीमा लागेका सबै तह तप्काका नेता कार्यकर्ताहरुलाई मूलधारमा फर्किन अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेका छन् ।
अध्यक्ष यादवले शुक्रबार आह्वान गर्दै भनेका छन्, ‘जनताको एजेण्डा बोक्न नसकी फरक पार्टीमा लागेकाहरुसँग जानु भएका पार्टीका विभिन्न तह तप्काका साथीहरुलाई मूलधारमा फर्कन आह्वान गर्दछौं ।’
जनता समाजवादी पार्टी, नेपाल एक विशिष्ट सोच, सिद्धान्त र एजेण्डा बोकेको पार्टी हो । जसले उत्पीडित राष्ट्रियताको मुक्ति, हिमाल, पहाड र तराई ÷ मधेशबीचको पारस्परिक सम्मान र एकता निर्माण गर्ने सङ्गठन भएकोले पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभाराप्रति सचेत रहँदै समाजवादी आन्दोलन, पहिचान, संघीयता र लोकतान्त्रिक गणतन्त्र लगायतका सवालमा प्रतिबद्ध भएर पनि भ्रमवश फरक पार्टीमा गएकाहरुलाई गलत बाटो छोडेर आफ्नो मूलधारको जनता समाजवादी पार्टी, नेपालमा फर्किन उनले आह्वान गरेका हुन् ।
तपाईको प्रतिक्रिया