दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै राष्ट्रिय मुक्ति क्रान्ति

समाचार

काठमाडौं । बहुलराष्ट्रिय राज्य स्थापनार्थ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सञ्चालन गरेको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न लागेको छ ।

दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार दिउँसो १ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो ।

राष्ट्रिय मुक्ति क्रान्तिको गभर्निङ्ग काउन्सिलको जेठ १ देखि ३ गतेसम्म र मधेश–थरुहटका नेताहरुसँग जेठ ३ देखि ५ गतेसम्म भएको बैठकबाट पारित दोस्रो चरणको कार्यक्रम र निर्णयहरु पत्रकार सम्मेलनमार्फत् घोषणा गर्न लागिएको संयोजक राजेन्द्र महतोले जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ