कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका ५ चन्द्रौटा बालापुर मोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुद्धभूमि नगरपालिका–९ का ५५ वर्षीय जलेश्वर प्रसाद थारुको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ६ ख ६५६२ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १६ प ७५९९ मोटरसाइकललाई ठक्कर दिएको थियो ।
तपाईको प्रतिक्रिया