उपेन्द्र यादव महाधिवेशन प्रतिनिधिमा निर्बिरोध चयन

समाचार

विरटनगर । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव पार्टीको महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।

बिहीबार गृह जिल्ला मोरङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. ५ बाट जसपा नेपालका अध्यक्ष यादव सर्वसम्मत रुपमा प्रतिनिधि चयन भएका हुन् ।

अध्यक्ष यादवले महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्विरोध चयन भएकोमा सम्पूर्ण पार्टी पंक्ति एवं निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सोही क्षेत्रबाट अध्यक्ष यादवसँगै जयराम यादव, सुरेश प्रसाद सिंह गनगाई, भोगेन्द्र यादव, सदिना खातुन, जोगीलाल यादव, बिनिता सिंह लगायत पनि महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन् ।

जसपा नेपालको प्रथम राष्ट्रिय एकता महाधिवेशन यही जेष्ठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न हुँदैछ ।

अहिले देशैभरिबाट महाधिवेशनका लागी प्रतिनिधि चयन कार्य हुँदैछ । महाधिवेशनमा करीब एक सय बढ़ी निर्वाचित प्रतिनिधि सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ