काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि महाधिवेशनको तयारीमा जुटेको छ ।
आगामी वर्ष अर्थात् २०८२ सालको बैशाखमा महिनामा लोसपाको महाधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित तयारीमा तीव्रता दिएको छ ।
लोसपाले महाधिवेशन तयारीस्वरुप देशव्यापीरुपमा सदस्यता वितरण अभियान चलाएको छ ।
शिथिल अवस्थामा रहेको लोसपा अहिले आफ्ना विभिन्न गतिविधिहरु गर्दै आएको छ ।
लोसपाले जेठ ११ गते शुक्रबार जनकपुरधाम, १२ गते सिरहा र सप्तरी र १३ गते सर्लाहीमा सदस्यता वितरण कार्यक्रम आयोजना गर्न लागेको महासचिव मनिष मिश्रले जानकारी दिएका छन् ।
उनले लोसपा आगामी वर्षको बैशाखमा महाधिवेशन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताएका हुन् । लोसपा गठनको लामो समयपछि केन्द्रीय समिति विस्तार गरेको थियो ।
तपाईको प्रतिक्रिया