तिनाउमा डुबेर एकको मृत्यु

समाचार

रुपन्देही । तिलोत्तमाका एक युवाको तिनाउमा डुबेर मृत्यु भएको छ ।

तिनाउ उत्खनन्का क्रममा परेको खाल्डोमा डुबेर तिलोत्तमा नगरपालिका–६ पुरानो सडकका १६ वर्षीय विद्यांश भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । 

स्थानीय नारायणप्रसाद भुसाल र तारा भुसालका कान्छा छोरा बिद्यान्सले गत चैतमा शान्ति नमुना माविबाट एसइई परीक्षा दिएर बसेका थिए।

फुटबल खेलेपछि पौडी खेल्न भन्दै तिनाउ खोलामा गएका उनी गहिरो दहमा डुबेका थिए । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ