पाँचथर । पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय मुुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाल वन नेशन वन स्टेटको सिद्धान्तमा नबनेको बताएका छन् ।
राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार पाँचथर जिल्लाको फिदिममा आयोजना गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महतोले ४ जात ३६ वर्णको साझा फूलबारी हो भनेर पृथ्वीनारायण शाहले भनेका थिए एक राष्ट्र, एक पहिचान लाद्न खोजियो भनेका छन् ।
उनले भने, ‘नेपाल वन नेशन वन स्टेटको सिद्धान्तले बनेका होइन । तर एकल पहिलान लाद्न खोजियो ।’ आफु ३५ वर्षदेखि लगातार अधिकार र पहिचानको लागि लडाइँ लडेको बताउदै महतोले सफलताका लागि ताम्सालिङ, नेवा, थरुहट, मधेशी, राई, लिम्बु, सबै एक भए मात्रै पहिचानको आन्दोलन सफल हुने बताए ।
महतोले राष्ट्रिय मुक्ति क्रान्ति आफुले नेपाल सबैको देश बनाउन र सबैले पहिचान पाउनका लागी सुुरु गरेको पनि बताए ।
कार्यक्रममा अभियानका सनम लिम्बू सहित बुद्ध छिरिङ मोक्तान, मधुराज केरुङ ,सुमन सायमी, अनिल महासेठ, कमल हाङ्सरुम्बा, सुनिल हाङ्वा, कुमार यवा, केशव झा, कमला गुरुङ, सागर केरुङ, र सन्तोष मेहता लगायतका सहभागी थिए ।
महतोले नेपाल किन सबै नेपाली बन्न नसकेको भन्दै प्रश्न उठाउदै देश यो अवस्थामा पुग्नु पछिको कारक तत्त्व के हो ? भनेर विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
‘हामीले त सात ओटा संविधान बनायौं, महतोले भने तर अमेरिका जो संसारको शक्तिशाली र सम्पन्न राष्ट्र हो, उसको जम्मा एउटा संविधान छ । छिमेकी देश भारतले ७० वर्षमा जम्मा एउटा संविधान बनायो । सयौं पटक संशोधन ग¥यो । ऊ कति शक्तिशाली बन्दै छ । हामीले ७० वर्षमा ७ ओटा संविधान बनाउँदा पनि किन कंगाल छौं ?’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया