‘नौलो गणतन्त्र’ आन्दोलनको उद्घोष गर्दै डा.सीके राउत

समाचार

काठमाडौं : गणतन्त्र दिवसको अवसरमा जनमत पार्टीले नौलो गणतन्त्र आन्दोलनको घोषणा गर्दैछ ।

आज काठमाडौंको भृकुटी मण्डपमा बृहत्त सभा गरी आन्दोलनको घोषणा गर्न लागिएको पार्टीका सचिव बीपी साहले जानकारी दिएका छन् ।

‘देशले १७ औं गणतन्त्र दिवस मनाइरहँदा पनि देशमा आर्थिक सम्बृद्धि र स्थायित्व आउन सकेको छैन ।’ नेता साहले भने,‘देशमा आर्थिक प्रणाली सुधार, राजनीतिक स्थायित्व र उत्पादकत्व बढाउने व्यवस्थाका लागि नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्दैछौं ।’ 

विहान ११ बजे भृकुटी मण्डपसहित विभिन्न स्थानबाट निस्किने सांस्कृतिक झाँकीसहितको बृहत्त रैलीले भद्रकाली, शहीद गेट, बीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश हुनेछ । उक्त सभालाई जनमत पार्टीका अध्यक्ष डा.सीके राउतसहितका नेताहरुले सम्बोधन गर्ने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ