पूर्वप्रदेश प्रमुख डा.अहिराजद्वारा मदरसामा शैक्षिक सामग्री वितरण

समाचार

बर्दिया । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले बर्दिया जिल्लाको गुलरिया–६ स्थित श्री मदरसा असरफिया मसउदुल उलूम आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

डा.अहिराजले नेपाल एकीकरणमा मुस्लिम समुदायको अहम् भूमिका रहेको भन्दै मदरसामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीर अंकित पुस्तिका वितरण गरिएको हो ।

‘इतिहासका लेखक र बुद्धिजीवीहरुले नेपाल एकीकरणमा नेपाली मुस्लिमका योगदान र भूमिकाको बारे उचित व्याख्या गरेनन् । सबै समुदाय को साझा त्याग र लगानीमा निर्माण बहेको हाम्रो नेपाल हो यो।’ उनले भनेका थिए ।

साथै डा.अहिराजले मदरसामा गुरु वर्गमा नेपाली झण्डाको लोगो समेत लगाइदिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ