चार जिल्लामा राष्ट्रिय मुक्ति क्रान्तिको सम्वादात्मक कार्यक्रम सम्पन्न

समाचार

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मंगलबार पर्सा, उदयपुर, सिन्धुली र सुर्खेतमा नागरिक तथा बुद्धजिवीहरुसँग सम्वादात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

पर्सामा आयोजित छलफल कार्यक्रममा अभियानका राष्ट्रिय संयोजक राजेन्द्र महतो सहितका नेताहरु सहभागी भएका थिए ।

त्यस्तै उदयपुरको गााईघाट, सिन्धुलीको सिन्धुलीगढी र सुर्खेतको विरेन्द्रनगरमा आयोजित .कार्यक्रमहरुमा पनि अभियानका राष्टिय समितिका नेताहरु सहभागी भएका थिए ।

गएको ४ जेठ देखि अभियानको पुर्व देखि पश्चिम सम्मको ४४ जिल्लामा एक सय एक ओटा कार्यक्रमहरु राखेका छन । त्यही कार्यक्रमहरु अन्र्तगत आज यी चार संवाद कार्यक्रम भएको अभियानले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ