वीरगन्ज । वीरगन्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्र नं २ पर्साका सभापति तथा जिपी कोइराला फाउण्डेशनका मधेश प्रदेश अध्यक्ष महम्मद साहबुद्धिनले मधेश आन्दोलनका क्रममा भत्काइएको सालिक भएकै ठाउँमा स्वर्गीय कोइरालाको नयाँ सालिक निर्माण गरेर पुनःस्थापना गरिएको बताएका छन् ।
उनले सालिक निर्माण रु ११ लाख र अन्य पूर्वाधार निर्माणमा रु पाँच लाख खर्च भएको बताए । प्रदेश सरकारको करिब रु १६ लाख बजेटमा कोइरालाको पूर्णकदको सालिकसहितका अन्य संरचना तयार पारिएको छ । कोइरालाको १०१औँ जन्मजयन्तीका अवसरमा सालिक अनावरण गर्ने कार्यक्रम छ ।
आगामी असार १८ गते पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेता शेखर कोइरालालगायत नेताको उपस्थितिमा सालिक गरिने छ ।
तपाईको प्रतिक्रिया