संघीय आयोजना कार्यान्वयन इकाई धनुषाद्वारा वृक्षारोपण

समाचार

अजय कुमार सिंह, जनकपुरधाम । संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ४ स्थित तिरुहुतिया गाछीमा आयोजना गरिएको यस विशेष वृक्षारोपण कार्यक्रममा आयोजना प्रमुख वरिष्ठ ई. प्रदिप खनाल, ई. संजय महतो लगायत आयोजनाका अन्य कर्मचारीह समेत सहभागी थिए ।

कार्यक्रममा वातावरणको संरक्षण र जर्गेना हेतु सबैले प्रतिवद्धता जनाएका थिए ।

वृक्षारोपन गरी आउँदो पुस्ताका लागि र वाावरणीय स्वच्छता स्थापनाका लागि वृक्षारोपण अति आवश्यक रहेको कुरा आयोजना प्रमुख खनालले बताए ।

विभिन्न प्रजातिका विरुवाहरु लगाउनुका साथै विरुवाको सुरक्षाका लागि तार जालीको समेत व्यवस्था गरी लगाइएको थियो ।

उनले वृक्षारोपण गर्ने कार्य हाम्रो जारी रहने बताउँदै तिरुहुतिया गाछीको चारै तिर लगाउने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ