एक हजार ६ सय १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद

समाचार

सर्लाही । लालबन्दी नगरपालिका–१४ लङ्गुर डाँडाबाट १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

अवैध लागूऔषध गाँजा लुकाईछिपाई राखिएको भन्ने सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, सशस्त्र प्रहरी बल नेपाल सर्लाही र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले सोही नगरपालिका लङ्गुर डाँडास्थित घर धनी नखुलेको २ वटा घरमा तलासी गर्दा १६ वटा ड्रम र बोराहरूमा रहेको उक्त गाँजा र १ थान काठको गाँजा च्याप्ने मेसिनसमेत प्रहरीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ