कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

समाचार

मोरङ । कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा मे. १ च ३३६६ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

पथरीशनिश्चरे नगरपालिका–५ मैनखाडी बस्ने ७० वर्षीय बन्दु चौधरीको बिहीबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ