सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु

समाचार

धनगढी । धनगढीमा सुदूरपश्चिम प्रदेश श्रमाधान रोजगार मेला सुरु भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिका आयोजक रहेको रोजगार मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका हुन् ।

जेठ २७ र २८ गते दुई दिनसम्म चल्न मेलामा सरकारी तथा निजी क्षेत्रका विभिन्न स्टल राखिएका छन् ।

बेरोजगार श्रमिकलाई रोजगारदातासँग जोड्ने मेलाको उद्देश्य रहेको छ । प्रदेश भित्रका बेरोजगार श्रमिक र रोजगारदाता बिच देखिएको खाडल पुर्न मेला सहयोगी बन्ने विश्वास लिइएको छ ।

रोजगार मेलामा श्रमिकलाई चाहेको क्षेत्रमा काम पाउने गरि आवेदन भर्न र रोजगारदाता सरकारी तथा गैरसरकारी निकाय, नीजि क्षेत्रले परामर्श दिने व्यवस्था मिलाइएको छ । मेलामा बेरोजगार श्रमिकहरूको घुइँचो लागेको देखिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ