राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी सम्पन्न

समाचार

मोरङ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी–२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले राजस्व वृद्धि भएमा राज्य बलियो हुने उल्लेख गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणका लागि सवै सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । राजस्व चुहावट लगायतका समस्या समाधान गर्न संयुक्त रूपमा अगाडि बढ्नु पर्नेमा उनले जोड दिए ।

गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र राजस्व सचिव डा. राम प्रसाद घिमिरेले गोष्ठीको महत्वबारेमा आ–आफ्नो मन्तव्य व्यक्त गर्दै सीमा नाकामा आधूनिक प्रविधिको प्रयोगलाई प्रभावकारी कार्यान्वयन गरिने बताए ।

गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख र कोशी प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।

गृह सचिव एकनारायण अर्यालको अध्यक्षता आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, कोशी प्रदेश अन्तर्गतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ