काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त विदेशमन्त्री एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् ।
प्रतिनिधिमण्डलस्तरीय भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशङ्करबीच विगतमा दुई देशबीच भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयन बारेमा समेत छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
तपाईको प्रतिक्रिया