ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जना पक्राउ

समाचार

मोरङ । विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले सुनसरी दुहबी नगरपालिका–४ बस्ने २० वर्षीय पारस चौधरी र झापा गौरादह नगरपालिका–२ बस्ने ३५ वर्षीय संजिव खड्कालाई २ ग्राम ५३ मिलिग्राम तथा मोरङ सुन्दर हरैचा नगरपालिका–४ बस्ने २१ वर्षीय मदन चौधरी र भोजपुर अरुण गाउँपालिका–१ बस्ने २० वर्षीय बिनोद सिवा परियारलाई ४१ ग्राम ३३ मिलिग्रामसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ