कार दुर्घटनामा तीन जनाको मृत्यु

समाचार

रूपन्देही । बुटवल उपमहानगरपालिका–१३ स्थित सडकमा लु.२ च ८५३१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार राति दुर्घटना हुँदा कार चालक सोही उपमहानगरपालिका–१० बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–३ घर भएका ५६ वर्षीय राम प्रसाद शर्मासमेत ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ