जनकपुरधाम । मधेश प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।
प्रदेशसभाको बिहीबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राखेको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गरेका थिए ।
उनले मधेश प्रदेश सरकारले बोलेर होइन काम गरेर देखाउने पक्षमा रहेकाले काम गर्नका लागि सबैसँग सहयोगका लागि आग्रह समेत गरे ।
यसअघि नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विरेन्द्र प्रसाद सिंहले राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
मुख्यमन्त्री सिंहले पारित गर्नका लागि प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमलाई उपसभामुख बबिता कुमारी राउत ईशरले निर्णायार्थ पेश गरेकी थिइन् । उक्त प्रस्ताव ध्वनि मतको आधारमा सर्वसम्मतिले पारित भएको हो ।
तपाईको प्रतिक्रिया