नवलपरासी पूर्व । कावासोती नगरपालिका–३ फलफुल चोकस्थित करिब २० फिट गहिरो निर्माणाधीन नालामा काम गर्ने क्रममा सोही ठाउँमा खनी जम्मा पारेको माटोको ढिस्को खसेर ३ जना महिलाको मृत्यु भएको छ ।
नगरपालिकाद्वारा ढल निकासीको होम पाईप राख्नको लागि बनाउँदै गरेको उक्त नालामा अचानक माटोको ढिस्को खस्न गई सोही निर्माण कार्यमा काम गर्ने ३ जना महिला कामदार पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले तीनै जनालाई उद्दार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएकोमा उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया