मोरङ । जहदा गाउँपालिका–१ झैलाचोक बस्ने ४५ वर्षीया रेवती सरबरीयाको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
आफ्नै घरमा मोटर चलाई लुगा धुने क्रममा विद्युत सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मकालु अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएकी उनकै बुहारी २५ वर्षीया चन्द्रिका सरबरीयाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया