सवारी दुर्घटनामा दुई जनाको मृत्यु

समाचार

सिरहा । धनगढी नगरपालिका–८ कसाह चोकस्थित सडकमा प्रदेश २–०३–००१ ख ३७८५ नम्बरको ट्रकले स.५ प १९९० नम्बरको मोटरसाइकललाई दुई जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३० वर्षीय राजेश्वर यादव र सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने श्याम सुन्दर यादवको छोरा १३ वर्षीय लालबाबु यादवको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका राजेश्वरको घटनास्थलमै र लालबाबुको आरके मेडिसिटि धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ