सप्तरी । बलान बिहुल गाउँपालिकामा स्थानिय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिका प्रमुख खेमचन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न स्थानहरुमा भइरहेको अपराधिक तथा अराजक गतिविधिलाई मध्यनजर गर्दै त्यस्ता गतिविधि हुन नदिनका लागि गहन छलफल गरिएको छ ।
अन्य छिमेकी जिल्लाहरुमा भइरहेको चोरी, डकैती जस्ता घटनाले यस पालिकाको जनता पनि त्रसित भएको भन्दै सुरक्षा समितिको बैठकले रातीको समयमा प्रत्येक गाउँबस्तीहरुमा अनिवार्य रुपमा गस्ती गर्नुपर्ने, सवारीसाधन चेकजाँचमा कडाइ गर्नुपर्ने, रक्सी पसलहरु राती ८ बजे बन्द गराउनुपर्ने र मादकपदार्थ सेवन गरी गाउँ टोलमा होहल्ला गर्नेलाई नियन्त्रणमा लिनु पर्ने लगायतका निर्णय गरेको हो ।
बैठकमा पालिका भित्र रहेका सुरक्षा संयन्त्र बिओपी रामनगर, बिओपी बेल्ही, प्रहरी चौकी बेल्हि, प्रहरी चौकी कोदरकट्टी, प्रहरी चौकी मल्हनियाँ र नगर प्रहरीका प्रमुखहरु उपस्थिति रहेको थियो ।
साथै कट्टान, डुबान, बाढी, पहिरो जस्ता विपदले हुन सक्ने जनधनको क्षति रोक्नका लागि पूर्वतयारी गर्ने निर्णय समेत गरिएको छ ।
तपाईको प्रतिक्रिया