सुन र स्रोत नखुलेको नगदसहित चिनियाँ पक्राउ

समाचार

काठमाडौं । करिब ६ किलो सुन र स्रोत नखुलेको नगदसहित एक चिनियाँ नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

सीआईबीले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले जनाएको छ ।

कपनबाट अहिले बरामद भएको सुन १ किलो लेखिएको ६ थान रहेको छ । उक्त सुन ६० किलो र विद्युतीय चुरोट (भेप)मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ