काठमाडौं । कपनबाट ६ केजी सुन र स्रोत नखुलेको नगदसहित पक्राउ परेका चिनियाँसँग नेपाली नागरिकता भेटिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार कपनबाट शेरब ग्याल्बो भन्ने सोनामा गुरुङलाई पक्राउ गरेको हो।
गुरुङसँग नेपाली नागरिकतासमेत भेटिएको र त्यसउपर छुट्टै अनुसन्धान हुने सिआइबीका एसपी होबिन्द्र बोगटीले बताएका छन् ।
उनी ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहका सदस्य हुन् । उनीसँग स्रोत नखुलेको ४८ लाख रुपैयाँसमेत प्रहरीले बरामद गरेको छ ।
लामो समयदेखि नेपालमा बस्दै आएका गुरुङ क्रिप्टोकरेन्सी तथा युएसडिटीको अवैध कारोबारमा समेत संलग्न रहेको सिआइबीले जनाएको छ ।
तपाईको प्रतिक्रिया