इमरान खान, कपिलवस्तु । मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो महान चाड पर्व ईदुल अजहा अर्थात बकर ईद मुस्लिमहरुले हर्सौल्लासका साथ मनाउँदै छन् ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा, बहादुरगज, चन्द्रौटा, कृष्णनगर, मर्जादपुर, पकडी, अभिराव लगायत कपिलवस्तु जिल्लाभरि ईदुल अजहा अर्थात बकर ईद मुस्लिम धर्मावलम्वीहरु हर्सौल्लासका साथ मनाइरहेका छन् ।
विभिन्न स्थानहरुमा रहेका ईदगाह तथा मास्जिदहरुमा भेला भै सामुहिक नमाज पढेर एक आपसमा अकमाल गरि एकआपसमा जिवनभरि रहेको रिइस्वीहरुलाई आजका दिन प्रेममायामा बदलि अंकमाल गरि एकआपसमा शुभकामना आदान प्रदान गरेका छन् ।
ईदुल अजहा अर्थात बकरा ईदको नमाज पढी सके पछि मुस्लिम धर्मावलम्वीहरु आ—आफ्नो घर गई जायज मानिएका जनावरहरुलाई आफ्नो क्षमता अनुसारको कुरवानी अर्थात् बली दिने गर्दछन् ।
मुस्लिम धार्मिक ग्रन्थ अनुसार अल्लाहले सबै भन्दा प्यारो वस्तु कुरवानी मागे पछि नवि ईब्राहिम अलिहि सलामले आफ्नो प्यारो छोरा ईस्माईल अलिहि सलामको बली स्वरुप कुरवानी दिन खोज्दा अल्लाह खुशी भई ईस्माईल अलहि सलामको ठाउँमा दुम्बा अर्थात् भेडाको कुरवानी गरेको धार्मिक जन विश्वास रहेको छ ।
आजको दिनलाई उनीहरु अल्लाहले दुब्बाको कुरवानी लिएर ईस्माईल अलिहि सलामलाई बचाएको पवित्र दिनको रुपमा स्मरण गर्दै घर घरमा खसी, भेडा, रांगाहरुको बली दिएर कपिलवस्तुका मुस्लिमहरुले ईदुल अजहा अर्थात बकर ईद मनाई रहेका छन् ।
कुरवानीको मासुलाई बराबर ३ भागमा निकालेर पहिलो भागका मासुलाई गरीब तथा असहायहरु जसको कुरबानि गर्ने पैसा हुदैना उनिहरुलाई दिने र दोस्रो भागका मासुलाई साथीभाई हित्रमित्रहरुमा बाडने र तेस्रो भागमासुलाई घरपरिवारमा बनाएर खाने गर्दछन् ।
इस्लाम धर्मलम्बीहरुको दोस्रो ठुलो महान चाडपर्ब बकरा ईद इदुल अजहा २०८१ असार ०३ गते सोमबार का दिन परेकाले उक्त दिन नेपाल सरकारले सार्वजानिक विदा दिएकोमा मुस्लिम धर्मावलम्वीहरु नेपाल सरकार प्रति खुशि ब्यक्त गरेका छन् ।
मुस्लिम धर्मावलम्वीहरु इस्लामी महिनाको अन्तीम महिनाको तिन दिन १०, ११ र १२ तारिखको दिन ३ दिन सम्मा बुरबानी गर्ने गर्द छन । बकर ईदको अवसरमा मुस्लिम समुदायहरुले पढने नमाज ईदगाहमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य (बिधायक) सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पौडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, नेपाली कांग्रेसका खुर्सेद खान, मुक्तार खान तथा मुस्लिम अगुवा राउफ अहमद खानको उपस्थितिमा सम्पुर्ण मुस्लिमहरुलाई बधाई एवं शुभकामना दिएका थिए ।
यसै क्रममा मदरसा अहले सुन्नत नाईमुल ओलुम कापिलवस्तु तौलिहवाका धर्मगुरु हजरत मौलाना अलि हसन निजामी सँग सन्चारकर्मी इमरान खानले कुरबानि सम्बन्धमा गरेका कुराकानीमा कुरबानि सम्बान्धि दिएका जानकारी यसप्रकार रहेको छ ः—
१ . कुरबानीको इतिहास यसप्रकार छ ः– इस्लाम धर्म अनुसार कुरबानी हजरत इब्राहिम अलहीइस्लामको सुन्नत हो । सुन्नत भनेको जुन काम अल्लाहको खुसीका लागि पैगम्बरहरुले गर्नुु पर्छ । अल्लाहतालाले कुरबानी आफनो अन्तीम नबी हजरत मोहम्मद मुस्तफा सल्लाहु अलैही वसल्मको उम्मतका लागि राखीएको थियो । कुरान शरिफमा अल्लाहको आदेश छ । भाग नं ३० पाठ नं. १०८ आयत नं. २ मा उल्लेख गरिएको छ । अफनो अल्लाह को लागि नमाज पढा र कुरबानी गरा कुरबानी नवीको सुन्नत पनि हो । अनि आल्लाहको हुकुम पनि कुरबानी रहेको छ । कुरबानी वाजिब इबादत हो । कुरबानी गर्नु सबैभन्दा ठुलो धर्म रहेको छ ।
२ . कस्तो व्याक्तीले कुरबानी गर्न सक्छ ः– कुरबानी गर्ने व्याक्तिको जिम्मा आवश्यक्ता बहेक साढे सात तोला सुन अथवा साढे बाउन तोला चादी वा सुन चादीको मुल्य बराबारको रकम छ भने त्यस्तो व्यात्तिले कुरबानी गर्नु पर्छ । यदी त्यस्तो व्यक्तिले कुरबानी गरेन भने त्यो अल्लाहको नजरमा उक्त ब्यक्ति गुनेहगार हनेछ ।
३ . कुरबानीको मासु कसरी खाने ः– कुरबानी गरेसकेपछी मासुलाई तिन भागमा बढ्नु पर्छ एक भाग गरिब लाई दिनुपर्छ । जो गरिबले विभिन्न कारणले गर्दा कुरबानी गर्न सक्दैन त्यस्तो व्यक्तीलाई दिए अल्लाहताला खुशि हुन्छन । दोस्रो भाग आफनो इष्ट मित्र नातेदार वा साथिहरुलाई खुवाउनु अथवा बाडनु पर्छ । तेस्रो भागको मासु आफनो घरको परिवारमा खानलाई दिनुपर्ने कुरा कुरानमा उल्लेख गरएिको छ ।
४ . कुरबानीका लागि कस्तो जनाबरको कुरबानि गर्नु उपयुक्त हुन्छ ः– कुरबानीका लागि खसी, भेडा,गाई भैसी, रागाँ उटको कुरबानी गरिन्छ । तर हाम्रो नेपालमा हामीले गाईको पुजा गर्ने गर्दछम अनि गाई राष्ट्रिय जनावार भएकाले हामीले गाईको कुरबानी दिदैनौ बहिरी देशमा गाईको कुरबानी दिने चलन रहेको छ । गाई, भैसी, उटको कुरबानी गर्दा ७ जना मिलेर गरेपछी कुरबानी कबुल भएको मानिन्छ ।
तपाईको प्रतिक्रिया