हत्या अभियोगमा ५ जना पक्राउ

समाचार

सिराहा । धनगढीमाई नगरपालिका–१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।

नरहा गाउँपालिका–१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पिजिआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ