जनकपुरधाम । राष्ट्रिय दलित पत्रकार संघ नेपाल धनुषाको दोस्रो जिल्ला अधिवेशनले कुलदीप दासलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
९ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा मनोज पासवान, सचिवमा अशोक धन्कार र कोषाध्यक्षमा अनामिका मण्डललाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा जितेन्द्र राम, ममता बैठा, निकी दास, नन्दनी दास, कुमारी दास र सरोज राउत चयन भएका छन् ।
त्यसैगरी प्रदेश पार्षदमा राजेश सक्सेना, विरेन्द्र पासवान र केन्द्रीय प्रतिनिधिमा कैलाश दास, रामएकवाल महरा चयन गरेको छ ।
तपाईको प्रतिक्रिया