वीरगन्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिले गौ हत्या वा तस्करी, धर्म–परिवर्तन र सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी देवताको फोटो दुरूपयोगबारे पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई ज्ञापन–पत्र बुझाएको छ ।
हिन्दू समाजका सोझासाझा आमाबुवा, दाजुभाई, दीदीबहीनीलाई रोग निको गर्ने बहानामा विभिन्न प्रलोभन दिन क्रिष्चन बनाउने कार्य भइरहेको हुँदा सो समूहलाई पक्राऊ गरी कडा कारबाही गर्न नेपाल जनता पार्टी जिल्ला समिति पर्सा माग गरेको छ । धरै धर्म–परिवर्तन समाज र मुलुकका लागि राम्रो संकेत होइन ।
साथै लुकिछिपी गौ हत्या र तस्करी भइरहेको बारे समेत प्रजिअलाई नेजपाले ध्यानाकर्षण गराएको थियो । सनातन हिन्दू समाजले गौलाई माताको रुपमा पूजापाठ गरेका छन् ।
साथै सरकारी, गैर सरकारी, निजी क्षेत्रले हिन्दू देवी देवताको फोटोलाई दुरूपयोग गरिरहेकोबारे समेत ध्यानाकर्षण नेजपाले गराएको थियो ।
नेपालको संबिधानले धर्म–परिवर्तन, गौ हत्या वा तस्करी, सरकारी वा निजी क्षेत्रमा हिन्दू देवी देवताको अपमान गर्यो भने कड़ा कानूनी कारवाहीको व्यवस्था रहेकोले गलत कार्य गर्नेलाई कारवाही गर्न माग नेजपा गरेको छ ।
नेजपाका केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्य अधिवक्ता बिनोद कुर्मी, मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी, रामप्रसाद कुर्मी, विभा साह, पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मी, उपाध्यक्ष धीरज साह, महामंत्री नवीन मिश्रा, जिल्ला सदस्यहर संतोष कुशवाहा, प्रमोद शर्मा, पिउस गुप्ता, सामंत कुमार दीप सहभागी रहेका थिए ।
ज्ञापन–पत्र बुझ्दै प्रजिअले दोषीलाई कानूनी बमोजिम कारवाही गर्ने र आफ्नो तर्फबाट रचनात्मक भूमिका निर्वाह गर्ने वाचा गरेका छन् ।
तपाईको प्रतिक्रिया