जनकपुरधाम । जनमत पार्टी नेतृत्वको मधेश प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहन साहलाई नियुक्त गरेको छ ।
मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिहीबार डा.साहलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका हुन् ।
डा. साह यसअघि जनमत पार्टी सरकारमा रहँदा उसको कोटामा नीति तथा योजना आयोगको सदस्य भएका थिए । जनमतले ९ माघमा सरकार छाडेपछि तत्कालीन जसपा नेपालको सरकारले डा.साहलाई बर्खास्त गरेको थियो ।
तपाईको प्रतिक्रिया