नवलपरासी पूर्व । बुलिङटार गाउँपालिका–५ सान्डाडामा सान्डाडाबाट खहरेतर्फ जाँदै गरेको लु.५ त ६५९ नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ ।
ट्याक्टरमा सवार सोही ठाउँ बस्ने १८ वर्षीया बिरमाया सारूको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया