मैथिल पत्रकार परिषदको अध्यक्षमा यादव चयन

समाचार

राजविराज । मैथिल पत्रकार परिषदको अध्यक्षमा पत्रकार सौरभ यादव चयन भएका छन् ।

शनिबार राजविराजमा मैथिली साहित्य परिषदको बसेको कार्यसमिति बैठकले मैथिल पत्रकार परिषदको नयाँ कार्यसमिति चयन गरेको हो ।

परिषदका अध्यक्ष अवधेश झाका अनुसार उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा प्रवेश मिश्र(बाबुल), उपसचिवमा रुपेश यादव र कोषाध्यक्षमा रुबी मिश्र चयन भएका छन् ।

पत्रकार परिषदको सदस्यहरू उमेश साह, श्रवण मिश्र, आनन्दमोहन शर्मा, पिन्टु यादव, नवीन यादव र भगवानलाल यादव चयन भएको परिषदका अध्यक्ष झाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ