कैलाली । गोदावरी नगरपालिका–४ सेती सामुदायिक वनबाट भरूवा बन्दुक १ थान, शिशाको गोली १८ ओटा, छर्रा १५ ओटा र सानो १ डिब्बा बारूद समेत सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
अस्थायी प्रहरी पोस्ट गोदावरीबाट खटिएको प्रहरीले सालको रूखको प्वालभित्र वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया