रूपन्देही । तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित सडकमा शंकरनगरबाट बनबाटिकातर्फ जाँदै गरेको लु.१ ख ४५६६ नम्बरको माइक्रोबसको ठक्करबाट सोही नगरपालिका–२ बस्ने बेली घर्तीकी छोरी ५ वर्षीया रेखा घर्तीको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया