महोत्तरी । आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका–४ बस्ने४६ वर्षीयरामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
घराययी विवादको क्रममा रामजतनलेकोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया