मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

समाचार

कपिलवस्तु । महाराजगंज नगरपालिका–३गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको छ ।

उनकै श्रीमान्ले चलाएको उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ