राष्ट्रपतिलाई शान्ति समाजको ध्यानाकर्षणः चुरे दोहनका कारण मरुभूमिकरणको खतरा

समाचार

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबाट परेको प्रभाव र हिमालय/चुरे संरक्षणबारे ध्यानाकर्षण गराएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालयमा भएको भेटमा शान्ति समाजले सञ्चालन गरिरहेको जगतमुखी अभियानबारे अवगत गराउँदै ९ बुँदे ध्यानाकर्षण गराइएको थियो ।

चाल्नी जस्तो भएर चुरेले तराईलाई संरक्षण गरिरहेकोमा चुरेको अत्याधिक दोहन र वन विनासका कारण तराईको उर्वराशक्ति ह्रास हुनुका साथै मरुभूमिकरणको खतरा बढेकोतर्फ चिन्ता व्यक्त गर्दै चुरे संरक्षण प्राथमिकता हुनुपर्नेमा शान्ति समाजले जोड दिएको छ ।

यसैगरी नेपालको संविधानको प्रस्तावनामा नै जीवनचक्र परिस्थिति सन्तुलन (इकोलोजिकल ब्यालेन्स) लाई सम्बोधन गर्न र सोही अनुरुप संयन्त्र निर्माण/परिमार्जन गर्नु पर्ने शान्ति समाजले स्मरण गराएको छ ।

प्रतिनिधिमण्डलमा समाजका सभापति रामकृष्ण बराल, पूर्व सभापतिहरु होमकान्त चौलागाई र डा. गंगाधर अधिकारी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिवद्वय रामप्रसाद जोशी र चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्यहरु नम्रता खरेल, दिवाकर पुडासैनी र आजीवन सदस्य जयराम पुडासैनी संलग्न थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ