मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

समाचार

बाँके । जिल्लाको नेपालगंज उपमहानगरपालिका–२० मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मनिकापुरस्थित सडकमा नेपालगंजबाट कोहललपुरतर्फ जाँदै गरेको बा.५५ प २२६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक प्युठान घर भएका ३२ वर्षीय पुर्ण बहादुर घर्तीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ