महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाको वडा नं. ९ बहुअर्वामा नव–निर्मित ब्रह्मस्थान मन्दिरको उद्घाटन गरिएको छ ।
यसैबीच एक समारोहका बीच उक्त ब्रह्मस्थान मन्दिरको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र उप–प्रमुख मंजु देवी साहले संयुक्त रूपमा गरेका छन् ।
उक्त ब्रह्मस्थान मन्दिर मटिहानी नगरपालिकाको नगर स्तरीय योजना अन्तर्गत १६ लाख ५० हजÞार (मु.अ. कर बाहेक) को लागतमा निर्माण गरिएको कुरा मटिहानी नगरपालिकाको इंजीनियर विमलेश साहले बताए ।
उक्त मन्दिर समुद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य राम पदारथ साह, कृष्ण बल्लभ मिश्र, गोपाल ठाकुर, सिंहेश्वर यादव, राम एकवाल यादव, योगेन्द्र साह लगायतका स्थानीयहरुको सहभागिता रहको थियो ।
तपाईको प्रतिक्रिया