मटिहानी नगरपालिकामा गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण

समाचार

महोत्तरी । मटिहानी नगरपालिकामा गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।

नापी कार्यालय महोत्तरी जलेश्वरको आयोजनामा मटिहानी नगरपालिका वड़ा नं. ३ को कार्यालय बरदाहामा आयोजित गाउँ ब्लक जग्गाको लाल पुर्जा वितरण कार्यक्रममा वड़ा नं.३ का ३८ जना जग्गा धनीहरुलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले लाल पुर्जा वितरण गरेका छन् ।

जग्गा धनीहरु बि.सं. २०६५/६६ देखि जग्गाको लाल पुर्जाको लागि प्रक्रियामा लागेका थिए ।

त्यसै क्रममा मटिहानी नगरपालिका वड़ा नं. २ का रामकृपाल ठाकुर र झूलन राय एवं वड़ा नं. ३ का नजमा खातुनले उक्त जग्गाको लाल पुर्जा पाए पछि खुशी ब्यक्त गरेका छन् ।

त्यसैगरी वड़ा नं.२ का १५६ जना जग्गा धनीहरुलाई गाउँ ब्लक जग्गाको लाल पुर्जा अर्को चरणमा वितरण गरिने कुरा नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहले बताएका हुन् ।

नापी कार्यालय महोत्तरीको प्रमुख राम विनय सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिका उप–प्रमुख मंजु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वड़ा नं. २ र ३ को वड़ा अध्यक्ष मोहम्मद रयूप, नाजिर मियाँ लगायत नापी कार्यालयका कर्मचारीहरूको उपस्थिति रहको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ