हत्यामा संलग्न तीन जना पक्राउ

समाचार

पर्सा । बारा कलैया उपमहानगरपालिका–५ पर्साटोल बस्ने ५५ वर्षीय रामएकवाल पण्डित कुम्हार र बारा आदर्शकोतवाल गाउँपालिका–५ बस्ने ३४ वर्षीय सुरेश ठाकुरको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका–५ बस्ने ३२ वर्षीय सन्तोष प्रसाद कुम्हार, सोही गाउँपालिका–५ बस्ने ४५ वर्षीय महादेव महतो नुनिया र बारा कलैया उपमहानगरपालिका–५ घर भएका ३३ वर्षीय लक्ष्मण कुमार प्रजापति रहेका छन् ।

पर्सा जगरनाथपुर गाउँपालिका–१ बिसुनपूर्वा टोल स्थित ओरिया खोलाको किनारमा गत जेठ २९ गते रामएकवाल र सुरेशको शव फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पारिवारिक रिसईवी तथा जग्गा जमिनको विवादको विषयलाई लिएर योजनावद्ध तरिकाले उनीहरूले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरू उपर ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनम्याद थप अनुमति लिइ थप अनुसन्धान गर्नुका साथै प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ